कला


फुटबलर एञ्जिलाको बायोपिक फिल्म ‘अञ्जिला’को ट्रेलर युट्युव ट्रेन्डिङमा

फुटबलर एञ्जिलाको बायोपिक फिल्म ‘अञ्जिला’को ट्रेलर युट्युव ट्रेन्डिङमा

नेपालखबर
फागुन १८, २०८१ आइतबार १२:१६, काठमाडौँ

फागुन २९ गते रिलिज हुने फिल्म ‘अञ्जिला’ को ट्रेलरलाई युट्युवमा रुचाइएको छ। शुक्रबार सार्वजनिक ट्रेलर नेपालमा युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा पुगेको छ। 

हालसम्म ८ लाख भ्युज रहेको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। 

ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा छ। आफ्नै वास्तविक कथामा बनेको चलचित्रमा अभिनेत्रीको रूपमा देखिएकी एञ्जिलाको अभिनयको समेत तारिफ भइरहेको छ। 

युट्युबमा ट्रेलर हेरेपछि धेरै दर्शकहरूले भावुक भएको प्रतिक्रिया जनाएका छन्। देशको नाम राख्न गौरवपूर्ण काम गर्ने खेलाडीको कथामा बनेको यस चलचित्रलाई सबैले हेरी सफल बनाउन आह्वान भएका प्रतिक्रियाहरू आइरहेका छन्।
 

यस फिल्मका निर्देशक मिलन चाम्सले ट्रेलरलाई प्राप्त दर्शकको माया र प्रतिक्रियाको लागि आभार व्यक्त गरे। उनले युट्युबको ट्रेन्डिङमा दोस्रो स्थानमा पुगेकोमा खुसी व्यक्त गर्दै, चलचित्रलाई पनि यसरी नै माया गर्न दर्शकहरूलाई आग्रह गरेका छन्। चाम्सले विशेष गरी खेल प्रेमी र खेलाडीहरूलाई यो चलचित्र हेर्न अनुरोध गरेका छन्।

यस फिल्ममा एन्जिलासहित प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई,  सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको अभिनय छ। चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ। 

चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad