फिल्म ‘जनै हराएको बाहुन’ मा मिरुना मगर अनुबन्धित भएकी छिन्। यस फिल्ममा मिरुना अभिनेता विजय बरालको जोडीको रुपमा देखिनेछिन्।
यसअघि कबड्डी, जारी जस्ता फिल्ममा एकसाथ सहकार्य गरेका उनीहरू यस फिल्ममा पहिलोपटक जोडी बन्न लागेका हुन्।
यस फिल्ममा विजय र मिरुनासहित मनिष राउत मुख्य भूमिकामा छन्। फिल्मले आमा र छोराबीचको इमोसनल कथा भन्नेछ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। उनको यो डेव्यु निर्देशन छन्।
पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ।
यस फिल्मको छायांकन यस वर्षको अन्त्यतिर सुरु हुनेछ। यो फिल्म आगामी तीजको अवसरमा भदौ १० गतेबाट रिलिज हुनेछ।
Shares

प्रतिक्रिया