ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ को ट्रेलर सार्वजनिक भएको छ। बहुपतिप्रथाको कथालाई उठान गरेको ट्रेलर कर्णालीको महिलाले भोग्नुपर्ने पीडा र शोषणको कथावरिपरि ट्रेलर घुम्छ।
कर्णालीको सुन्दरताभित्र लुकेको जनजीवन र व्यथालाई ट्रेलरमा देख्न सकिन्छ। चलचित्रको ट्रेलर हेर्दा महिला संम्बेदनामाथि गम्भीर बिषय उठान गरेको बुझ्न सकिन्छ।
फिल्ममा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतको अभिनय छ। नेपाल आइडलका विजेता रवि ओडले यसै फिल्ममार्फत डेब्यु गर्देछन्।
चलचित्रमा कथा, पटकथा, सम्बाद गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ। फिल्मको छायांकन डोल्पाको शे(फोक्सुण्डो ताल लगायत स्थानमा गरिएको हो।
यसै महिना जर्मनीको अनलाइन फिल्म फेस्टिभल ‘प्याराडाइज’मा छनोट भएको यो फिल्म चैत ८ बाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया