कला


दियाको आग्रह : रंगमञ्चबाट फिल्ममा गएकाहरू नाटकमा फर्किनुस्

दियाको आग्रह : रंगमञ्चबाट फिल्ममा गएकाहरू नाटकमा फर्किनुस्

नेपालखबर
फागुन २६, २०८१ सोमबार १४:५६, काठमाडौँ

टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणको एक सेसनमा वक्ता थिए सुनील पोखरेल र दीया मास्के। रंगमञ्चका दुई फरक पुस्ताका यी दुई प्रखर कलाकारले व्यवसायिकता आर्थिक निर्भरताको सेरोफेरोमा बसेर नेपाली रंगमञ्चको विगत र वर्तमानका विविध सन्दर्भबारे चर्चा गरे।  

कला पत्रकार शुशीला तामाङले सहजीकरण गरेको कार्यक्रममा बोल्दै सुनिलले भने, ‘हाम्रो रंगमञ्चले गोरेटो बनाएको छ। राजमार्ग बन्न बाँकी छ। उनले रंगमञ्चलाई कसरी व्यावसायिक बनाउने भन्नेबारे आफूलाई थाहा नभएको बताए। हामी व्यावसायिकताबारे कुरा गर्छौं। रंगमन्चलाई कति व्यावसायिक बनाउने थाहा छैन’, उनले भने।‌

दियाले व्यावसायिक भनेको पैसा कमाउनु मात्र नभएको औंल्याइन्। थिएटर पैसा कमाउने माध्यम नभएको सुनाइन्। ‘व्यावसायिकता भनेको हामीले कति क्वालिटीका काम गर्छौं, त्यो होला। भलै लोकप्रिय नहोला। तर समाजलाई रुपान्तरण गर्न सक्ने शक्ति नाटकमा हुन्छ।’

सुनिलले आफूले रंगमन्च रोज्नुको कारणबारे पनि सुनाए। भने, ‘नेपाली रंगमन्चमा यात्रा गर्नुको कारण अरु केही नजानेर हो। संभवत यो मेरो प्यासन हो। मलाई नाटक गर्दा आनन्द आउँछ।

सुनिलले अहिले सहरमा थुप्रै नाटघरहरू भएको भन्दै खुसी मनाए‌। अहिले जति नाटकघरहरू छन्। त्यसको सुरुवात गुरुकुलबाटै थियो,’ उनले भने।

उनले नाटकले मानिसहरूलाई बाँच्न सिकाउने पनि बताए। ‘नाटकले हामीलाई फराकिलो बनाउँछ। सहिष्णु बनाउँछ। असहमतिहरूलाई झेल्ने शक्ति दिन्छ,’ उनले भने।

‘अहिले युवापुस्ताको नाटकमा लगाव बढेको बताइन्छ। सिनेमामा धेरै कलाकारले ख्याती पाए। त्यसकारण ८० प्रतिशत विद्यार्थी यही सोचेर नाटकमा आएका छन्’, दीयाले भनिन्। उनले नाटकबाट फिल्ममा गएका कलाकारहरूलाई फर्किन आग्रह पनि गरिन्।

‘नाटकबाट फिल्ममा जानुभएको नाटकमा फर्किनुस्। तपाईंको जग यही हो। नाटक गर्नुस्। तपाईंको पपुलारिटीले नाटकलाई पनि फाइदा होस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad