आगामी चैत्र २२ गते रिलिज हुने प्रतीक्षितमध्ये एक सिनेमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको छ।
१० दिनअघि सार्वजनिक यो गीत युट्युब ट्रेन्डिङअर्न्तगत म्युजिक सेक्सनको शीर्ष स्थानमा पुगेको हो।
यस गीतलाई अहिलेसम्म १२ लाख ३० हजारपटक हेरिएको छ। गीतलाई फरक तथा बागलुङआसपास जिल्लाको मौलिकपन देखाइएको भन्दै प्रशंसा आइरहेको छ।
गीतमा गायक देवेन्द्र बब्लु (दि फिरन्ते) स्वर छ। गीतमा देवेन्द्रसहित प्रकाश स्वयंको शब्द र संगीत छ।
गीतमा योगेश काजी शाहको संयोजन छ। अन्तरजातीय प्रेमपश्चात् परिवारले उनीहरूको मोहनी फुकाउन गरेका विभिन्न घटना देखाइएका छन्।
गीतको भिडिओमा फिल्मका कलाकार प्रभात पाल ठकुरी, श्री शिभान्सी र देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनील विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन्।
फिल्ममा प्रकाश र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन्। फिल्ममा उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङसहित काठमाडौँ र तराईका विभिन्न ठाउँमा सिनेमा छायांकन गरिएको हो।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन्।
गरिब विश्वकर्मा परिवारको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमामा छ।
भिडिओ-
Shares

प्रतिक्रिया