कला


बायोपिक फिल्म ‘अञ्जिला’ले कस्तो पायो ‘सो’?

बायोपिक फिल्म ‘अञ्जिला’ले कस्तो पायो ‘सो’?

नेपालखबर
फागुन २८, २०८१ बुधबार १४:१४, काठमाडौँ

बिहीबार (फागुन २९ गते) देखि रिलिज हुने फिल्म ‘अञ्जिला’को अग्रिम बुकिङ सुरु भएको छ।

‘सो’मबार भएको प्रिमियरबाट व्यापक मात्रामा सकारात्मक प्रतिक्रिया पाएपछि हलहरूले उक्त फिल्मलाई राम्रो ‘सो’ दिएका छन्।

हलमा राम्रो चलिरहेको ‘होस्टेल ३’ का बाबजुद हलहरूले ‘अञ्जिला’लाई राम्रो ‘सो’ उपलब्ध गराएका हुन्।

बुधबार बिहानसम्म ११० भन्दा बढी ‘सो’ प्राप्त गरिसकेकाले साँझसम्म अझ बढ्ने अनुमान निर्देशक मिलन चाम्सले गरेका छन्। 

‘प्रिमियरमा दर्शकले देखाएको उत्साह र प्रशंसा हेर्दा हामी निकै सकारात्मक छौँ। ‘सो’ संख्याभन्दा पनि दर्शकको उपस्थिति र प्रतिक्रिया प्रमुख कुरा हो’, उनले भने।

मल्टिप्लेक्सहरूमा मात्र होइन, सिंगल स्क्रिन हलहरूबाट पनि राम्रो ‘सो’ प्राप्त भएको उनले बताए।

रिलिजको दिन बिहीबार फागुपूर्णिमा परेकाले अधिकांश सिनेमा हल दिउँ‘सो’देखि मात्र सञ्चालन हुने र शुक्रबारदेखि ‘सो’ संख्या उच्च हुने उनको अपेक्षा छ। 

चलचित्रमा फुटबलर एञ्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मका संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरेकी छन्।

त्यसैगरी फिल्ममा सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङको अभिनय छ।

चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा गरिएको हो। प्रेमकुमार श्रेष्ठ निर्माता रहेको यस फिल्म हङकङ, कोरिया, बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान र नेपालको धरानमा पनि प्रिमियर गरिएको थियो।

हलमा प्रदर्शनअघि नै प्रिमियर ‘सो’बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको ‘अञ्जिला’ले हलमा दर्शकको उत्साहजनक साथ पाउने आशा गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad