खेल


वुमन्स डे कपमा नेपाललाई नामिबियाले दियो १२६ रनको लक्ष्य

वुमन्स डे कपमा नेपाललाई नामिबियाले दियो १२६ रनको लक्ष्य

नेपालखबर
फागुन २८, २०८१ बुधबार १४:१५, काठमाडौँ

युगान्डामा जारी वुमन्स डे कपमा नेपाललाई नामिबियाले १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा  १२५ रन बनाएको हो। 

नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रनको योगदान गरिन्। 

ओपनर सुने विटम्यानले १५ र कायलीन एन ग्रिन ८ रनमा आउट भए। मर्सर्ली गोरासेस ४, सिल्विया शिहेपो १ र एडेल वान जिल शून्य रनमा आउट भइन्। 

मेकेले मवातिले ५ रन र विल्का मवाती २० रनमा आउट भए। अर्रास्टा डायरगार्ड १६ रनमा नटआउट रहिन्। 

४ ओभरमा ४० रन खर्चिएकी ईश्वरी विष्टले ३ विकेट लिइन्। रचना चौधरीले ४ ओभरमै मात्रै ९ रन खर्चिँदा २ विकेट हात पारिन्। रिया शर्मा र इन्दु बर्माले समान एक विकेट हात पारे। समान ४ ओभरमा इन्दुले २० रन र रियाले २६ रन दिइन्। 

नेपालले अब जवाफी ब्याटिङ गर्नेछ। यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो। 

हङकङसँग २ रनले पराजित हुँदा युगान्डालाई १ विकेटले हराएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad