कला


आफ्नो ६०औँ जन्मदिनमा फ्यानलाई आमिरको ‘सरप्राइज’: देखाए नयाँ प्रेमिका

आफ्नो ६०औँ जन्मदिनमा फ्यानलाई आमिरको ‘सरप्राइज’: देखाए नयाँ प्रेमिका

फाइल तस्बिर: आमिर खान


नेपालखबर
फागुन २९, २०८१ बिहिबार २१:५५, काठमाडौँ

बलिउड अभिनेता आमिर खानका फ्यानहरूका लागि शुक्रबार विशेष दिन हो। किनभने शुक्रबार अर्थात् मार्च १४ मा आमिर आफ्नो ६०औँ जन्मदिन मनाउँदै छन्।

यसैबीच आमिरले जन्मदिनको अघिल्लो दिन फ्यानहरूलाई सरप्राइज दिएका छन्। 

बिहीबार उनले फ्यान र फोटोग्राफरसँग जन्मदिनको सेलिब्रेसन गर्दै आफ्नी नयाँ प्रेमिका देखाएका हुन्। 

तर उनले तस्बिर नखिच्न र गोप्य राख्न अनुरोध गरेपछि फ्यान तथा फोटोग्राफरहरूले त्यसै गरे। 

महिनौँको अनुमानपछि बलिउड सुपरस्टार आमिर खानले अन्ततः आफ्नी प्रेमिका गौरीसँगको आफ्नो सम्बन्धलाई आधिकारिक रूपमा स्वीकार गरेका हुन्। 

टाइम्स नाउका अनुसार, आमिरकी प्रेमिकाको ६ वर्षको बच्चा पनि भइसकेको छ। गौरी बेंगलुरुकी हुन्। उनी कुनै सेलिब्रेटी होइनन्। अब आमिरका फ्यान उनकी नयाँ प्रेमिका गौरीको तस्बिरको व्यग्र प्रतीक्षामा छन्।

आमिर खानको पहिलो विवाह रीना दत्तासँग भएको थियो। उनीबाट एक छोरा जुनैद खान र छोरी आइरा खान छन्।

रीनासँग सम्बन्ध विच्छेदपछि आमिरले किरण रावसँग विवाह गरे, जसबाट एक छोरा आजाद भएका छन्।

तर आमिर र किरणको पनि सम्बन्ध विच्छेद भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad