कला


पूर्वपत्नीलाई बधाई दिँदै ऋतिकले लेखे: प्रशंसा गर्नबाट म आफूलाई रोक्न सक्दिनँ

पूर्वपत्नीलाई बधाई दिँदै ऋतिकले लेखे: प्रशंसा गर्नबाट म आफूलाई रोक्न सक्दिनँ

फाइल तस्बिर: ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजैन खान


नेपालखबर
चैत २, २०८१ शनिबार ११:२५, काठमाडौँ

बलिउड अभिनेता ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजैन खानबीच सम्बन्धविच्छेदपछि पनि राम्रो मित्रता छ। 

दुवैले एकअर्काको विशेष अवसरमा बधाई साटासाट गर्छन्।

हालै सुजैन खानले हैदराबादमा आफ्नो नयाँ प्रोजेक्ट सुरु गरेकी छन्।

यस अवसरमा ऋतिकले इन्स्टाग्राममार्फत बधाई दिएका छन्।

सुजैनले आफ्नो करिअरमा इन्टेरियर डिजाइनरका रूपमा नयाँ उपलब्धि हासिल गरेकी छन्। आफ्नो चारकोल प्रोजेक्टलाई विस्तार गर्दै उनले हैदराबादमा नयाँ स्टोर खोलेकी छन्।

यस अवसरमा ऋतिकले एउटा भिडिओ रिल पोस्ट गरेका छन्, जसमा नयाँ स्टोर र भित्तामा सुजैनले बनाएका अद्भूत सजावट देखाइएको छ।

क्याप्सनमा लेखिएको लामो नोटमा ऋतिकले सुजैनको मेहनतको तारिफ गरेका छन्।

उनी लेख्छन्, ‘सपना नै यथार्थ हो। तिमीप्रति धेरै गर्व छ सुजैन। मलाई याद छ २० वर्ष पहिले यो एउटा  सपना मात्र थियो जुन तिमीले देख्यौ। आज जब तिमीले हैदराबादमा आफ्नो दोस्रो चारकोल परियोजना सुरु गर्‍यौ, तब धेरै वर्ष पहिले सपना देख्ने साहस गर्ने सानी केटीको प्रशंसा गर्नबाट म आफूलाई रोक्न सक्दिनँ।’

सफलताका लागि उनले सुजैनलाई बधाई भनेका छन्। 

रिलमा समावेश तस्बिरमा ऋतिक, सुजैन, छोरा रिहान र अन्य साथी सँगै देखिएका छन्।

सुजैनको प्रोजेक्ट लन्चमा ऋतिक रोशन छोरासँग उपस्थित थिए।

ऋतिक र सुजैनले लामो प्रेमसम्बन्धपछि सन् २००० मा विवाह गरेका थिए। उनीहरूका दुई छोरा छन्।

तर बिहेको १७ वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गरे। अहिले ऋतिक सबा आजादसँग र सुजैन अर्सलन गोनीसँग सम्बन्धमा छन्। प्रायः चारैजना सँगै पार्टी गरिरहेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad