कला


विद्यार्थीलाई शुभकामना दिँदै दुर्गेश : एसईई ‍अवधिभर सांगीतिक कार्यक्रम नगर्ने घोषणा

विद्यार्थीलाई शुभकामना दिँदै दुर्गेश : एसईई ‍अवधिभर सांगीतिक कार्यक्रम नगर्ने घोषणा

नेपालखबर
चैत ६, २०८१ बुधबार १३:३३, काठमाडौँ

मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन्। बुधबार विज्ञप्ति जारी गरी थापाले विद्यार्थीको पढाइमा असर पर्ने सक्ने भन्दै एसईई परीक्षा अवधिभर सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका हुन्। 

यस वर्षको एसईई परीक्षा भोलि(चैत७) चैतदेखि सुरु हुँदै छ। 

'शिक्षा जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो। यतिबेला प्रिय भाइबहिनीहरू आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्जल भविष्यको बाटो कोर्दै हुनुहुन्छ,' उनले भने, 'सबै जनालाई सफलताको धेरै शुभकामना। हजुरहरूको सफलता नै, मेरो सफलता हो। यतिबेला मलाई धेरै मेला, महोत्सव तथा इभेन्टबाट कार्यक्रमका लागि कल आइरहेको छ। तर, यदि म कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ अनि भविष्यमा असर पार्न सक्छ। यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad