नेपालका फिल्म निर्देशक दीपक रौनियारको राजागंजले २०२५ नेदरलान्डको (पिंक फिल्म डेज) महोत्सवमा हिवोस फ्री टु बी मी अवार्ड जितेको छ।
यो प्रतिष्ठित पुरस्कार लिजीवीटीक्यूं समुदायका सदस्यहरूको अधिकार र स्वतन्त्रता प्रवर्द्धन गर्ने फिल्महरूलाई प्रत्येक वर्ष प्रदान गरिन्छ। नेपाली फिल्मले पहिलो चोटी यो विश्व प्रसिद्ध पुरस्कार जितेको हो।
हिवोसका अन्तरिम निर्देशक मिचल फार्कसले पूजा, सरस्राजागंज लाई नेपालको सामाजिक र राजनीतिक परिप्रेक्ष्य र पूजा पात्रको व्यक्तिगत चुनौतीहरूको मार्मिक प्रस्तुति भनेर प्रशंसा गरेका छन्। उनले भने, ‘यो फिल्मले दर्शकलाई अन्त्यसम्म बाधेर राख्छ।’
यसअघि २०२४ मा एएसओजी (फिलिपिन्स) र २०२१ मा भ्यालेन्टिना (ब्राजिल) जस्ता फिल्महरूले यो पुरस्कार जितेका थिए।
दीपक रौनियाले २८ मार्च २०२५ मा एम्स्टर्डमको केटेलहुइसमा आयोजित विशेष समारोहमा पुरस्कार ग्रहण गर्नेछन्। त्यसपछि, फिल्मको प्रदर्शनपछि दर्शकसँगै अन्तरक्रिया कार्यक्रम पनि आयोजना हुनेछ।
पुरस्कारको खबर पाए पछि रौनियारले खुशी हुदै भने ‘यो पुरस्कारले झनै बढी हौसला थपेको छ।’ राजागंजको नेपाली दर्शक बाट राम्रो प्रतिक्रिया पाइरहेको छ र हलमा अक्युपेन्सी दिनहुँ बढी रहेको छ।
२०२५ को २८ औं संस्करणको पिंक फिल्म महोत्सव १९ मार्चदेखि ३० मार्चसम्म सञ्चालन हुनेछ, जसमा १२० भन्दा बढी फिल्महरू प्रदर्शन गरिने छन्। यस महोत्सवमार्फत हिवोसले संसारभरिका
विविध र समलिङ्गी कथाहरूलाई दर्शकहरूसम्म पुर्याउने आफ्नो उद्देश्यलाई निरन्तर अघि बढाउँदै छ।
Shares

प्रतिक्रिया