सांगीतिक जोडी कमल खत्री र मेलिना मैनाली आमाबुवा बनेका छन। उनीहरूलाई पहिलो सन्तानको रूपमा पुत्रलाभ भएको हो।
कमल र मेलिनाले सामाजिक सञ्जालमार्फत आफूहरू आमाबुवा बनेको जानकारी दिएका हुन्।
‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिनमध्ये एक बनेको छ। पहिलोपटक बाबुआमा बन्न पाउँदा जुन खुसी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ। मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ,’कमलले लेखेका छन्।
गत शुक्रबार अस्पताल भर्ना भएकी मेलिनाले आइतबार सन्तानलाई जन्म दिएकी हुन्। आमाबाबु बनेसँगै उनीहरूलाई कलाकार तथा फ्यानहरूले बधाई दिइरहेका छन्।
कमल र मेलिनाले २०७९ असोज १६ गते प्रेम विवाह गरेका थिए।
1.6k
Shares

प्रतिक्रिया