कला


अरूणिमा अभिनीत वेब सिरिज ‘घर बट् इन अमेरिका’ एमएसएम भिडिओमा स्ट्रिमिङ हुने

अरूणिमा अभिनीत वेब सिरिज ‘घर बट् इन अमेरिका’ एमएसएम भिडिओमा स्ट्रिमिङ हुने

नेपालखबर
चैत ११, २०८१ सोमबार १२:५०, काठमाडौँ

अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’ ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’ स्ट्रिमिङ हुने भएको छ। निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’ मा प्रसारण हुने जानकारी दिए। 

बिमलेशका अनुसार यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट स्ट्रिमिङ हुनेछ। पहिलो सिजनको लागि १२ वटा शृङ्खला तयार भएका छन्। यी सबै शृङ्खला एकसाथ प्रसारणमा आउने निर्देशक अधिकारीले बताए ।

सेभेन कलर्स डिजिटलले निर्माण गरेको सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ। जसले सिचुएशनल कमेडी-ड्रामा प्रस्तुत गर्नेछ। सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतारचढावलाई रोचक ढङ्गले प्रस्तुत गर्ने निर्देशक अधिकारीको भनाइ छ। 

यो सिरिज व्यावसायिक रूपमा ओटीटीमा रिलिज हुने नेपालको पहिलो सिरिज रहेको उनको दाबी छ। ‘नेपाली वेब सिरिजको इतिहासमा पहिलो पटक यसरी व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुँदैछ। यो इतिहासको एउटा नाम बन्न पाउँदा ज्यादै खुसी छु,’ उनले भने। 

सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको छ। यसअघि फिल्मको गीतसहित टिजर सार्वजनिक भइसकेको छ। अब पहिलो सिजनको लागि ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशकले बताए।

यसै सिरिजबाट अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गर्दैछिन्। किनकी यसमा उनको मुख्य भूमिका रहेको छ। फिल्ममा अरुणिमासहित निर्देशक बिमलेश, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा लगायतका कलाकारहरूको अभिनय छ। 

निर्देशक अधिकारीकै अवधारणामा बनेको यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन्। निर्माता रोशन घिमिरे हुन् भने सह निर्माताहरू सुमित्रा अधिकारी र कुमारी घिमिरे हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad