कला


रातोसको नाट्यकृति ‘मेषीदण्ड’ लोकार्पण

रातोसको नाट्यकृति ‘मेषीदण्ड’ लोकार्पण

नेपालखबर
चैत ११, २०८१ सोमबार २०:५९, काठमाडौँ

कवि तथा नाटककार गिलु रातोसको नाट्यकृति मेषीदण्ड लोकार्पण गरिएको छ। मण्डला थिएटर नेपालद्वारा प्रकाशित उक्त कृति आज यहाँ आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, लेखक तथा अभियन्ता अनुभव अजित, रैथाने सङ्गीतका अनुसन्धाता झुमा लिम्बू र लेखक गिलु रातोसले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

मण्डला थिएटरमा जारी ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०२५’ को अवसरमा उक्त कृति लोकार्पण गरिएको थियो। कृतिबारे टिप्पणी गर्दै कवि  मुकारुङले मेषीदण्ड नाटक काल्पनिक मात्र हुन्छ भन्ने भाष्यलाई चिर्दै कलाको माध्यमबाट सत्य बोल्ने इतिहासको दस्ताबेजका रूपमा आएको बताए। ‘मेषीदण्ड कृतिको रूपमा प्रकाशित भएपछि अब यसलाई जोकोही निर्देशकले निर्देशन गर्ने बाटो खुलेको छ’, उनले भने, ‘अहिलेको पुस्ताले लेखेको अब्बल नाट्यकृति हो यो।’

यसैगरी लेखक तथा अभियन्ता अजितले पुस्तकबारे समीक्षा गर्दै नाटकमा उल्लेखित राज्यले गर्ने विभेदविरुद्ध एकीकृत आन्दोलनको आवश्यकता औँल्याए। उनले समाजमा हुने विभेदविरुद्ध यस्ता कृति एकीकृत रूपमा निरन्तर लेखिइरहनुपर्ने धारणा राखे।

रैथाने सङ्गीतका अनुसन्धाता लिम्बूले नाटकले समाजलाई भाषा र सङ्गीतको माध्यमबाट जोडेको रोचक पक्षबारे चर्चा गरे। मेषीदण्ड नाटक गत साउनमा मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको थियो। अनिल सुब्बाले निर्देशन गरेको उक्त नाटकलाई मण्डला थिएटरले कृतिको रूपमा प्रकाशन गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad