वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको निर्देशकबाट हटाएकामा असन्तुष्टि जनाएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउँदै उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ।
यसै क्रममा हरिवंश आचार्यले कुलमानसँगको तस्बिर सेयर गर्दै मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन्। अन्धकार बनाउन हुँदैन थियो।’
कुलमान हटाउँदा के नेता, के नागरिक, के कलाकार सबै दु:खी भएका छन् र सरकारको विरोध गरिरहेका छन्।
309
Shares

प्रतिक्रिया