कला


३१ वर्ष कान्छी रश्मिकापछि अनन्या र जान्हवीसँग काम गर्ने सलमानको चाहना

३१ वर्ष कान्छी रश्मिकापछि अनन्या र जान्हवीसँग काम गर्ने सलमानको चाहना

जान्हवी कपुर, सलमान खान र अनन्या पाण्डे


नेपालखबर
चैत १४, २०८१ बिहिबार ५:४९, काठमाडौँ

बलिउड सुपरस्टार सलमान खान अहिले आफ्नो आगामी फिल्म 'सिकंदर' को प्रचारमा व्यस्त छन्। जुन फिल्ममा उनी ३१ वर्ष कान्छी रश्मिका मन्डानाको हिरो बनेका छन्। 

यसैबीच सलमानले आफ्ना फिल्ममा काम गर्नेबारे युवा अभिनेत्रीहरूसँग कुरा भइरहेको बताएका छन्।

यस क्रममा उनले अब अनन्या पाण्डे र जान्हवी कपुरसँग काम गर्ने चाहना रहेको बताएका छन्। चाहे उमेरको भिन्नताका विषयमा मानिसहरूले आलोचना किन नगरून्। 

बुधबार पत्रकार सम्मेलनमा सलमानले उमेर भिन्नताबारे खुल्दै आफू युवा अभिनेत्रीहरूसँग काम गर्नुको कारण उनीहरूलाई ठूलो प्लेटफर्म र अवसर दिनका लागि भएको बताए। 

उनले भने, ‘यदि म अनन्या वा जान्ह्वीसँग काम गर्न चाहन्छु भने मानिसहरूले उमेरअन्तरबारे कुरा काट्नेछन्। यसका बाबजुद म उनीहरूसँग काम गरिरहनेछु।’

सलमान खानको फिल्म ‘सिकंदर’ यही मार्च ३० मा अर्थात् इदको अवसरमा रिलिज हुँदै छ। जसमा उनको हिरोइन रश्मिका छिन्। हालै फिल्मको ट्रेलर लन्चमा सलमान खानले उमेरअन्तरबारे कुरा गरे।

उनले भनेका थिए, ‘आजकल सामाजिक सञ्जालमा मानिसहरू मेरो पछि लागेका छन्। उनीहरू भनिरहेका छन्- अभिनेत्री र मबीच ३१ वर्षको उमेरको अन्तर छ। जब कि अभिनेत्रीलाई यसमा कुनै समस्या छैन, उनका कुनै समस्या छैन, तब तपाईंलाई किन यसमा समस्या छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad