फिल्म सेलिब्रेटीका लाखौँ फ्यानहरू हुन्छन्। उनीहरूलाई भेट्न वा एकैपटक भए पनि हेर्न आतुर हुन्छन्।
तर, केही क्रेजी फ्यानहरू पनि हुन्छन् जो आफ्नो मन पर्ने सेलिब्रेटी भेट्न जुनसुकै हदसम्म जान तयार हुन्छन्।
मलाइका अरोरासँग पनि यस्तै भएको छ। ‘छैया छैया’ गीतमा अद्भुत नृत्यका कारण चर्चित मलाइकाका पनि थुप्रै फ्यानहरु छन्। जो उनीसँग फोटो खिचाउन आतुर छन्।
एक पटक क्रेजी फ्यानले हदै पार गरे। किनकि एक जना फ्यान मलाइकाको घरमा कैँची लिएर पुगेकी थिइन्। हालै, मलाइकाले एक अन्तर्वार्तामा आफ्नो सबैभन्दा क्रेजी फ्यान क्षणको कथा सेयर गरिन्।
एक जना फ्यान उनको घरमा पसेकी थिइन् र बैठक कोठामा बसेर उनलाई पर्खिरहेकी थिइन्।
मलाइकाले भनिन्, ‘मलाई थाहा थिएन। उनी त्यहाँ बसिरहेकी थिइन्। मसँग कुरा गर्न आइन्, इमानदारीपूर्वक भन्नुपर्दा म साँच्चै डराएको थिएँ।’
ती फ्यान महिला थिइन् र सबैभन्दा अनौठो कुरा के थियो भने उनको हातमा कैँची थियो।
‘त्यो एक महिला फ्यान थिइन्। उनी आफ्नो झोलामा कैँची वा केही लिएर बसिरहेकी थिइन्, जुन अलि डरलाग्दो थियो। मलाई लाग्यो कि केही गडबड छ, त्यसैले मैले शान्त रहने प्रयास गरें। यो साँच्चै मेरो सबैभन्दा क्रेजी फ्यान भेटघाट थियो’, मलाइकाले भनेकी छिन्।
यतिखेर मलाइका कुनै पनि फिल्ममा सक्रिय छैनन्। तर, उनी प्रायः आफ्नो फेसनका कारण चर्चामा आइरहन्छिन्।
उनी आजकल हिप हप इन्डिया सिजन २ को निर्णायक छिन्। यसबाहेक, उनले झलक दिखला जा, इन्डियाज बेस्ट डान्सर र इन्डियाज गट ट्यालेन्टको पनि निर्णायक बनिसकेकी छिन्।
Shares

प्रतिक्रिया