कला


फिल्म ‘हे माया’ घोषणा, जेठदेखि छायांकन

फिल्म ‘हे माया’ घोषणा, जेठदेखि छायांकन

नेपालखबर
चैत २०, २०८१ बुधबार १२:३२, काठमाडौँ

दीपक लम्सालको लगानीमा फिल्म‘हे माया’बन्ने भएको छ। आगामी जेठमा छायांकन थाल्ने तयारीका साथ फिल्म घोषणा गरिएको हो।

फिल्ममा नाम चलेका कलाकार संलग्न हुने बताइएको छ।

फिल्मका लागि अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमति भइसके पनि लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको लम्सालले जानकारी दिए।

निर्माता दीपक लम्साल लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय सिनेमाको नेपाल रिलिजको चाँजोपाजो मिलाइरहेका छन्।

बलिउड सिनेमा नेपाल रिलिजमा लामो समय काम गरेका उनले पहिलोपटक नेपाली सिनेमा निर्माणमा हात हाल्न लागेका हुन्।

रियल इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा बन्ने सिनेमालाई जुनिम गहतराजले निर्देशन गर्ने भएका छन्। हालै गहतराज निर्देशित फिल्म ‘ताण्डवम्’ प्रदर्शनमा आएको थियो।

जुनिमको निर्देशकीय क्षमता हेरेर नै आफ्नो सिनेमामा पनि जिम्मेवारी दिएको निर्माता लम्सालले बताए।

सिनेमाको पटकथा तथा संवाद चक्रपाणी सांखीले लेखिरहेका छन्। नेपाली नयाँ वर्ष सुरु भएसँगै सिनेमाको कास्ट एन्ड क्रिउ सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad