कला


पाँचौँ हप्तामा ‘अञ्जिला’, वर्षकै धेरै कमाउने फिल्मको शीर्ष ५ मा

पाँचौँ हप्तामा ‘अञ्जिला’, वर्षकै धेरै कमाउने फिल्मको शीर्ष ५ मा

नेपालखबर
चैत २८, २०८१ बिहिबार १६:३१, काठमाडौँ

गत फागुन २९ गतेबाट रिलिज भएको फिल्म ‘अञ्जिला’ पाँचौँ हप्ता प्रवेश गरेको छ। यो चलचित्रको लोकप्रियता कायम रहिरहँदा पाँचौँ हप्ताको पहिलो दिन करिब ५० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको भन्दा पचास प्रतिशत मात्र कम हो।

मिलन चाम्स निर्देशित ‘अञ्जिला’ले यो हप्तादेखि दुई चर्चित नेपाली चलचित्रहरू तथा केही विदेशी चलचित्रहरूसँगै हलमा रिलिज हुनुपर्नेछ। नेपाली दर्शकको रोजाइमा परिरहेको ‘अञ्जिला’ यसवर्षको वर्षको उत्कृष्ट ५ सूचीमा परिसकेको छ। 

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यस फिल्मले ७ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै यसवर्षको सर्वाधिक कमाइ गर्ने फिल्मको टप ५ मा परेको हो। यसको व्यापार कायम रहेको हुँदा सूचीमा उकालो लाग्ने सम्भावना छ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। एन्जिला अघिल्लो हप्ता ग्रिसबाट नेपाल आई देशभरका दर्शकलाई प्रत्यक्ष भेटेकी थिइन्। उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन्। प्रचार सकेर उनी पुनः ग्रिस फर्किसकेकी छिन्।

यस चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad