कला


ध्रुवचन्द्र गौतमलाई राष्ट्रिय लेखक पुरस्कार प्रदान गरिने

ध्रुवचन्द्र गौतमलाई राष्ट्रिय लेखक पुरस्कार प्रदान गरिने

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १२:९, काठमाडौँ

राष्ट्रिय लेखक दिवसको अवसरमा नेपाली लेखक संघले आख्यानकार ध्रुवचन्द्र गौतमलाई १ लाख रुपियाँ नगद राशीको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गर्ने भएको छ।
 
वैशाख १६ गते लेखक दिवसका अवसरमा संघले गौतमलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गर्न लागेको हो।

राणाकालमा काठमाडौँका लेखक तथा बुद्धिजीवीले पुस्तकालय स्थापना गर्न खोज्दा प्रधानमन्त्री भीम शमशेरले दण्डित गरेको घटना पुस्तकालय पर्वका नामले चिनिन्छ। त्यो घटना घटेको दिन वैशाख १६ गतेलाई नेपाली लेखक संघले लेखक दिवसका रुपमा मनाउँदै आएको हो। 

संघले २०८० सालदेखि लेखक दिवस मनाउन थालेको संघका नवनिर्वाचित महासचिव सोझो गाउँलेले बताए।

यस पटकको वैशाख १६ गते दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा लेखक दिवस बनाउन लागिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतीथ्यमा हुने उक्त कार्यक्रममा लेखक साहित्यकारहरुलाई मानार्थ सदस्यता सम्मान अर्पण गर्ने संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले जानकारी दिए।

यसै गरी २०८२ फागुन १६ गते राष्ट्रिय लेखक दिवसको अवसरमा नेपाली लेखक संघले बैरागी काइँला, ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुङ्गाना, नगेन्द्रराज शर्मा, बलदेव शर्मा मजगैँया, डा.बेन्जु शर्मा, तुलसी भट्टराई, केदारनाथ खनाल, भूपति ढकाल ‘कमल’, मञ्जु काँचुली, कृष्ण गौतम, गोविन्दराज विनोदी, हेमाङ्गराज अधिकारी, गोविन्दराज भट्टराई, व्रतराज आचार्य, कुलप्रसाद कोइराला, गोपाल भण्डारी, रेवतीरमण लाल, वनमाली निराकार, कविराज न्यौपाने, हरि अधिकारी, ध्रुव सापकोटा, सनत रेग्मी, भक्तबहादुर बलायर, देवेन्द्रप्रताप शाह, देवीप्रसाद वनवासी, रामानन्द आचार्य, मिठाराम विश्वकर्मा, गायत्री श्रेष्ठ र ज्ञानुवाकर पौडेललाई सम्मान गर्ने निर्णय गरिने गाउँलेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad