गायक सुशान्त केसीको गीत चर्चित गीत ‘बार्दली’ हिन्दी भर्सनमा आएको छ। भारतीय चर्चित संगीत उत्पादन कम्पनी ‘टी सिरिज’ ले नेपाली गायक केसीको यस गीतलाई हिन्दी भाषामा सार्वजनिक गरेको हो।
सोमबार आफ्नै युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। हिन्दी भर्सनमा गीतको बोल ‘उफ’ राखिएको छ। गीतको भिडिओमा सुशान्तसहित अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन्।
भिडिओको सेटिङ एउटै भएपनि नेपालीमा फिचर्ड हुने अन्य कलाकारलाई भने हिन्दी भर्सनमा अटाउन सकेनन्। इन्द्रकला राईको नेपाली गायकीलाई चाहीँ जस्ताको त्यस्तै राखिएको छ। भारतीय चर्चित म्युजिक कम्पनीसँगको सहकार्यलाई नेपालको लागि ठूलो महत्त्वका साथ हेरिएको छ।
केहीमहिनाअघि सार्वजनिक नेपाली संस्करण निकै चर्चित भएको थियो। ग्लोबल ट्रेन्डिङसम्म पुगेको यस गीतलाई युट्युवमा पौने ८ करोड पटक हेरिएको छ।
Shares

प्रतिक्रिया