कला


जापानमा हुने इन्टरनेसनल फिल्म फेस्टिभलमा विपिन र वर्षासहित यी कलाकार नोमिनेसनमा

जापानमा हुने इन्टरनेसनल फिल्म फेस्टिभलमा विपिन र वर्षासहित यी कलाकार नोमिनेसनमा

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १४:५९, काठमाडौँ

मे २५ मा इन्टरनेसनल फिल्म फेस्टिभल आयोजना हुने भएको छ। जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले पहिलो पटक सो फेस्टिभलमा सहभागिता जनाउने लागेको छ।

आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेसनमा परेका लिस्टहरू समेत सार्वजनिक गरेको छ। ‘जिन्सेओ एरिगाटो इन्टरनेसनल फिल्म फेस्टिभल २०२५’ आयोजना गर्न लागेको हो।
आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेसनमा परेको लिस्टहरु समेत सार्वजनिक गरेको छ। 

फेस्टिभलमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट ३ जना नोमिनेसनमा परेका छन्। यसै फिल्मबाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्रु पर्फमेन्स अनुपविक्रम शाही र बेस्ट निर्देशक कृषा चौलागाई नोमिनेसनमा परेका छन्। 

त्यस्तै ड्रामा विधामार्फत फिल्म ‘तेल भिसा’बाट अभिनेता विपिन कार्की छनोट भएका छन् भने अभिनेत्री वर्षा राउत बेस्ट एक्ट्रेसमा नोमिनेसनमा परेकी छन्। ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेका छन् यसै फिल्ममार्फत ड्रामा विधामा उत्कृष्ट फिल्मको नोमिनेसनमा परेको छ।

फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन्। आयोजक युवा इन्टरटेन्मेन्टले जापानमा नेपाली फिल्म वितरण गर्दै आएको छ।

युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाईंले फेस्टिभलको बारेमा जानकारी दिँदै भने,‘नेपाली फिल्मको बजारलाई अझ बिस्तार गर्नका लागि यो फेस्टिभलको आयोजना गरिएको हो। यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सघाउन पुर्‍याउने छ भन्नेमा विश्वास हाम्रो टिमले लिएको छ।’

उनले थपे,‘नेपाली फिल्मलाई जापानजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा सम्मानका साथ पुर्‍याउन पाउनु हाम्रो गौरव हो। यो केवल सुरुवात हो। हामी नेपाली कथालाई विश्वव्यापी बनाउन अझै दृढ अडानका साथ अगाडि बढ्नेछौं। नेपाली फिल्मप्रेमीहरूको साथ, विश्वास र मायाले नै आज हामी यो मुकामसम्म पुगेका हौं।’

उनको अनुसार यो फेस्टिभल नेपाली फिल्महरूको ऐतिहासिक सफलता हुनेछ। जापानमा नेपाली फिल्मलाई अधिकार लिएर प्रदर्शन तथा प्रचारप्रसारमा युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाईंको नेतृत्वले गर्दै आएकोछ। यस फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ), नागोयामा गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad