कला


५१ औँ दिनमा बायोपिक फिल्म ‘अञ्जिला’, १० करोड बढीको व्यापार गर्दै रच्यो कीर्तिमान

५१ औँ दिनमा बायोपिक फिल्म ‘अञ्जिला’, १० करोड बढीको व्यापार गर्दै रच्यो कीर्तिमान

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १२:४४, काठमाडौँ

बायोपिक फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिन मनाएको छ।

गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले देशभरका ४५ शोहरूसहित शुक्रबार ५१ औं दिन पूरा गरेको हो। १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले जानकारी दिए।

‘हामी सफलताका साथ ५१ दिनमा पुगेका छौँ। अञ्जिला नेपाली चलचित्रको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली वायोपिक चलचित्र बनेको छ,’ निर्देशक चाम्सले भने।

चलचित्र युनिटले यो उपलब्धिको अवसरमा शुक्रवार विशेष समारोह राखेको छ। निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको माया र साथले यो सफलता दिलाएको बताए। उनले यो सफलता सेलिब्रेट गर्न निकै उत्साहित रहेको समेत बताए। 

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो, जसमा एन्जिलाले आफैँ मुख्य भूमिका निर्वाह गरेकी छन् ।

चलचित्रमा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

वर्ष २०८१ को अन्त्यतिर रिलिज भए पनि ‘अञ्जिला’ ले गत वर्षका उत्कृष्ट पाँच चलचित्रमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad