कला


कलाकारलाई विवादमा पार्ने समाचार नलेख्न निश्चलको आग्रह

कलाकारलाई विवादमा पार्ने समाचार नलेख्न निश्चलको आग्रह

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १५:३०, काठमाडौँ

पछिल्लो समय नेपाली कलाकारहरू विवादमा परिरहेका छन्। अभिव्यक्तिकै कारण प्रकाश सपुतदेखि सुरक्षा पन्तसम्मले सामाजिक सञ्जालमा चर्को गाली खानुपर्‍यो।

यसैबीच, फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतले मिडियालाई कलाकारलाई कन्ट्रोभर्सीमा पार्ने समाचार नलेख्न आग्रह गरेका छन्। शुक्रबार ‘के घर के डेरास् घर नं २’ को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै उनले सकरात्मक न्युज लेखेर कलाकारलाई प्रोटेक्ट गर्नेपर्ने मत राखेका छन्।  

‘हामीले फिल्मलाई प्रमोट होस् वा धेरै दर्शकसामु फिल्मको कन्टेन्ट पुगोस् भनेर कुराकानी गरिरहेका हुन्छौँ। तर, पछिल्लो समय अलि कन्ट्रोभर्सी र नकरात्मक न्युजको एंगलबाट न्युजहरू आइरहेका छन्। यसरी न्युजहरू बनाइराख्दा समग्र चलचित्र क्षेत्रको छाप चाहिँ अडियन्समाझ अलिकति नराम्रो तरिकाले गइरहेको फिल हुन्छ,’बस्नेतले भने, ‘अडियन्सलाई सकरात्मक पक्ष र कन्ट्रोभर्सीमा नतानिने गरि पत्रकारले आर्टिस्टहरूलाई प्रोटेक्ट गर्नुपर्ने हुन्छ। दर्शकलाई पनि निराश गर्नुहुँदैन। त्यो एंगलबाट फिल्मको बारेमा प्रचार गर्‍यौ भने योक्षेत्र अझ राम्रो हुन्थ्यो कि भन्ने लाग्छ।’  

दीपेन्द्र के खनाल निर्देशित यस फिल्मको कथा कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन्। नकिमउद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जनको निर्माता रहेको सिनेमामा युवराज कार्की कार्यकारी निर्माताका रुपमा रहेका छन्।

फिल्ममा निश्चलसहित आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे कलाकारको मुख्य भूमिका छ। यो फिल्म आगामी जेठ २ गतेबाट रिलिज हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad