अभिनेता जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र ‘हिरो नं. १’ डिजिटल माध्यम युट्युबमा सार्वजनिक भएको छ।
अभिनेता बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाइल टिभी च्यानलमार्फत बिहीबार सार्वजनिक भएको हो।
जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा नायक बस्नेतको साथमा एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ।
चलचित्रमा तारावीर पाण्डे, हरि थापा र सूर्य रुम्बाको संगीत, बिनोद सापकोटाको छायाँकन, जय किशन बस्नेत र किशोर थापाको नृत्य, सुदीप पाण्डेको सम्पादन रहेको छ।
फिल्मको जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेका छन्। कमेडी, एक्सन, थ्रिल तथा सस्पेन्स विषयवस्तुलाई रोमाञ्चक तरिकाले कथावस्तु बुनेर निर्माण गरिएको यो चलचित्र सिनेमा हलहरुमा पनि सफल प्रदर्शन भएको थियो भने भारत, मलेसिया, सिंगापुर र ईन्डोनेसियामा पनि दर्शकहरुको प्रशंसा बटुल्न सफल भएको थियो। फिल्म प्रदर्शनका लागि युरोपका विभिन्ने देशमा जाने तयारी भए पनि कोरोना भाइरसका कारण रोकिएको अभिनेता बस्नेतले बताए।
अहिले भई रहेको लकडाउन अन्त्य हुनासाथ आगामी महत्वकांक्षी चलचित्र ‘धूम ४’ को छायाँकनमा जाने तयारी भइरहेको उनले बताए।
हेरौ चलचित्र

प्रतिक्रिया