कला


काठमाडौँमा गरियो ‘ऊनको स्वीटर’को भव्य प्रिमियर

काठमाडौँमा गरियो ‘ऊनको स्वीटर’को भव्य प्रिमियर

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १३:४६, काठमाडौँ

भोलिबाट प्रदर्शन हुने फिल्म ‘ऊनको स्वीटर’को काठमाडौँमा भव्य प्रिमियर गरिएको छ। बुधबार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा अतिथि, कलाकार, राजनीतिकर्मी र सञ्चारकर्मीसहित एक हजार भन्दा बढीको उपस्थिति थियो। सिट नपाउँदा कतिपयले भुइँमै बसेर फिल्म हेरेका थिए।

प्रिमियर शोमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। 

त्यसैगरि, फिल्मका मुख्य कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, निर्देशक नवीन चौहानलगायत सबैको सहभागिता रह्यो। फिल्म हेरेपछि अतिथिहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। 

उपसभामुख रानाले चलचित्रले प्रेमको गहिरो भाव प्रस्तुत गरेको बताइन्। ‘मन जितेर मात्र प्रेम हुन्छ भन्ने कुरा चलचित्रले सुन्दर तरिकाले देखाएको छ,’ उनले भनिन्। अभिनेता दयाहाङ राईले चलचित्रलाई ‘गजबको कृति’ भन्दै सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए। 

सांसद शोबिता गौतमले चलचित्रको दृश्य, सामाजिक प्रसङ्ग र कथावस्तुलाई मनमोहक भनिन्। अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्वीटर’ आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएको बताउँदै निर्देशक नवीन चौहानको कामप्रति प्रशंसा गरिन्।

चलचित्रका कलाकारहरू पनि भाव विह्वल देखिएका थिए। विपिन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए भने मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया जनाइन्। 

गीत निर्देशक तथा गायक सुजन चापागाईँले प्रिमियरमा उपस्थित सबैलाई धन्यवाद दिँदै शुक्रवारदेखि चलचित्र दर्शकको जिम्मामा रहेको बताए। निर्देशक नवीन चौहानले भने, ‘प्रतिक्रियाले मलाई न्यानोपन दिइरहेको छ। यी आत्मिक प्रतिक्रियाहरू शब्दमा व्यक्त गर्न गाह्रो छ।’

‘ऊनको स्वीटर’को अग्रिम टिकट बिक्री सुरु भइसकेको छ। वितरक गोविन्द शाहीका अनुसार देशभर ३०० भन्दा बढी शो दिएका छन्। 

नवीन चौहान निर्देशित यस फिल्ममा विपिन, मिरुना, परीक्षा, एलेक्ससहित विल्सन विक्रम, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरजस्ता कलाकारको अभिनय छ। पाँचथर र फालेलुङ क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रले नेपाली समाजको विविधता र प्रेमकथा समेट्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad