कला


रुचाइयो राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’, युट्युवमा १० लाख भ्यूज

रुचाइयो राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’, युट्युवमा १० लाख भ्यूज

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १५:१५, काठमाडौँ

फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलरलाई युट्युबमा रुचाइएको छ। सार्वजनिक भएको ३ दिन नपुग्दै फिल्मको ट्रेलरले १० लाख भ्यूज पाएको हो।

ट्रेलर युट्युवको मुभी सेक्सनको ट्रेन्डिङ नम्बर ३ मा छ।
राजेश हमालको कमब्याक यस फिल्मको ट्रेलरलाई दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। म्युजिक नेपालको युट्युब च्यानलमा यो फिल्मको ट्रेलरमा ४ हजार ३ सय भन्दा बढी प्रतिक्रिया मिलेको छ। अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिएका छन्।

राजेश हमालको गर्जन लामो समयपछि हेर्न पाइयो भन्दै दर्शकहरु उत्साहित देखिएका छन्। दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको यस फिल्ममा राजेशसहित नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, प्रशान्त ताम्राकार लगायतको अभिनय छ।

फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत सर्वाधिक चर्चामा छ। ट्रेलरले समेत उच्च हाइप बनाउँदा फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ। फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ । यो फिल्म जेठ ९ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad