कला


चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुन्छ : प्रधानमन्त्री ओली

चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुन्छ : प्रधानमन्त्री ओली

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १६:५८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुने बताएका छन्। 

मंगलबार बालुवाटारमा सिनेपाः चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोमा उनले जग्गा हिनामिना भएको भन्ने गुनासो आएको भन्दै त्यसको छानविन हुने बताए।

‘पहिला चलचित्र विकास कम्पनी भन्ने थियाे, चलचित्र विकास कम्पनी त्यसको जमिन पनि हिनामिना छ भनेको सुन्दा म छक्क परेँ', ओलीले भने, ‘ त्यसम्बन्धी मन्त्रालयका मन्त्रीज्यू र सचिवज्यू यहीँ हुनुहुन्छ। हप्ता, १० दिनमा त त्यसको पत्ता लगाइ हाल्नुहोला । के भएको छ, हामी खोज्छौँ। यदी कसैले हिनामिना गरेको छ भने त्यसलाई कानुनी प्रक्रिया पुर्‍याएर कन्ट्रोलमा ल्याउँछौँ।’


प्रधानमन्त्री ओलीले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै कोषप्रति सरकार सकारात्मक रहेको समेत बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad