चर्चित गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छिन्।
प्रेमी विश्व अधिकारीसँग उनले मंगलबार इन्गेजमेन्ट गरेकी हुन्।
कुसुम स्वयमले इन्गेजमेन्ट गरेको विषय सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्। कुसुम र विश्व केही समयदेखि प्रेम सम्बन्धमा थिए।
दुई वर्षअघि सार्वजनिक भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ बाट कुसुमले निकै चर्चा बटुलेकी थिइन। सकम्बरीपछि दर्जनौँ म्युजिक भिडिओ खेलिसकेकी उनले फिल्म ‘वर एण्ड वधु’बाट फिल्ममा डेब्यु गरेकी थिइन्।
732
Shares

प्रतिक्रिया