कला


दर्शकले गरे ‘के घर के डेराः घर नं २’को तारिफ

दर्शकले गरे ‘के घर के डेराः घर नं २’को तारिफ

नेपालखबर
जेठ ३, २०८२ शनिबार १३:२८, काठमाडौँ

चलचित्र ‘के घर के डेरा: घर नं २’ले राम्रो वर्ड अफ माउथ पाउन थालेको छ। हिजोबाट रिलिज भएको चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको हो।

‘बिहानभन्दा बेलुकाका शोमा दर्शकको संख्या धेरै देखिन थालेको छ। बिहानभन्दा बेलुका उच्च अकुपेन्सी देखिएको छ,’ निर्देशक दीपेन्द्र के खनालले भने, ‘वर्ड अफ माउथ बलियो हुँदै गएको छ। हेर्नेजति दर्शकले सिनेमा राम्रो रहेको बताउनु भएको छ।’

कसरी जिन्दगी जिउने भन्ने विषय सिनेमामा रहेको भन्दै उनले त्यही नै सिनेमाको सबैभन्दा राम्रो पक्ष भएको बताए। ‘दर्शकले पनि यही ढंगले सिनेमाको तारिफ गरिरहेका छन्,’ उनले भने। 

प्रिमियरमा हेर्ने दर्शकले जसरी सिनेमा मन पराएका थिए, त्यस्तै नियमित शोमा पनि सिनेमा मन पराइरहेको उनले बताए। 

‘हाम्रो सिनेमाको सबैभन्दा सशक्त पब्लिसिटीको टुल्स नै दर्शकको प्रतिक्रिया हो,ङ्घ निर्देशक खनालले भने, ‘हामीले जे विश्वास गरेका थियौँ, त्यस्तै भइरहेको छ। दर्शकबाटै हाम्रो सिनेमाको पब्लिसिटी भइरहेको छ।’

आफूसहितको निर्माण युनिटले राम्रो सिनेमा दर्शकलाई दिएको उनको भनाइ छ। ‘हाम्रो कर्तब्य दर्शकलाई राम्रो सिनेमा दिने हो, दियौँ,’ उनले भने, ‘अब हामीलाई दर्शकको साथ चाहिएको छ । हेरेर जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाको अपेक्षा गरेका छौँ।’

चलचित्रको प्रिमियरमा १८० सर्वसाधारणलाई पास दिएर निर्माणपक्षले चलचित्र हेराएको थियो। यसरी सिनेमा हेर्ने दर्शकले चलचित्रको तारिफ गरेका थिए ।

मल्टी स्टार रहेको सिनेमा ‘के घर के डेरा: घर नं २’ आजबाट प्रदर्शनमा आएको हो।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र उच्च शो र अपेक्षासहित हलमा आएको हो। यो सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, उपासना सिंह ठकुरी, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार लगायतको अभिनय छ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ। याे सिनेमाको कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad