कला


‘राम नाम सत्य’मा विराज र शुशीलसँग देखिँदै दिव्या रायमाझी

‘राम नाम सत्य’मा विराज र शुशीलसँग देखिँदै दिव्या रायमाझी

नेपालखबर
जेठ ५, २०८२ सोमबार १२:१३, काठमाडौँ

अभिनेत्री दिव्या रायमाझी फिल्म ‘राम नाम सत्य’ मा अनुबन्धित भएकी छिन्। माइकल चन्दको निर्देशनमा बन्न लागेको यस फिल्ममा दिव्या मुख्य भूमिकामा देखिने छिन्। 

दिव्या र फिल्मको टिमबीच आइतबार कागजी सम्झौता भइसकेको छ। दिव्याले यस फिल्ममा नेपाली फिल्म क्षेत्रका दुई एक्सन अभिनेतासँग स्क्रिन सेयर गर्नेछिन्। 

यसअघि नै नायक विराज भट्ट र सुशील श्रेष्ठ फाइनल भइसकेका छन्। विराज र सुशीलसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाई छ।

फिल्म साइन गरेपछि दिव्याले भनिन्–‘यो फिल्मको कथा वेजोड छ । मेरो भूमिका पनि निकै मन पर्यो। जसकाकारण, फिल्ममा काम गर्न तयार भएकी हुँ।’

फिल्मको छायांकन साउनबाट सुरु गर्ने योजना निर्माणपक्षको छ। माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा माइकल चन्दकै लेखन छ। उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ फिल्मका निर्माता हुन्। 

अब, केही कलाकारहरु फाइनल गरेर वर्कशप सुरु गर्ने निर्माणपक्षको भनाई छ। फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ।

फिल्म ‘एक्टरः टेक वान’बाट रजतपटमा डेब्यू गरेकी दिव्याको पछिल्लो रिलिज फिल्म ‘पिताम्बर’ हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad