कला


‘महाभोज’ को ट्रेलर चर्चामा, विदेशमा पनि रिलिजको माग बढ्यो

‘महाभोज’ को ट्रेलर चर्चामा, विदेशमा पनि रिलिजको माग बढ्यो

नेपालखबर
जेठ ५, २०८२ सोमबार १४:१९, काठमाडौँ

दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा चुलिएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको ट्रेलरले युट्युब ट्रेन्डिङको अग्रपङ्क्तिमा स्थान बनाएको छ। 

सार्वजनिक भएको तीन घण्टामै ट्रेन्डिङ सुरु गरेको यो ट्रेलरलेदर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ र हालसम्म करिब ५ लाख पटक हेरिसकिएको छ। 

ट्रेलरको लोकप्रियतासँगै विदेशमा पनि चलचित्र रिलिजको माग बढ्न थालेको छ। यसअघि नै जापान, मध्यपूर्व र अस्ट्रेलियामा रिलिज हुने तय भएको महाभोज अब बेलायत र कोरियामा पनि प्रदर्शन हुने भएको छ। निर्देशक दिनेश राउतले अन्य धेरै देशबाट पनि चलचित्र रिलिजका लागि माग आइरहेको जानकारी दिए।

यस फिल्मको ट्रेलरले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि पीडित भएकाहरूको कारुणिक कथालाई प्रस्तुत गरेको छ। चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ। ट्रेलरमा सहकारी पीडितहरूको पीडा, जागिरेहरूको मनोव्यथा र राजनीतिक चलखेल गर्नेहरूको कथालाई मार्मिक ढङ्गले देखाइएको छ।

हिमाल कडरिया निर्माता रहेको यो चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको प्रस्तुति हो। विकास सुवेदीले लेखेको यो फिल्म जेठ १५ गते नेपालसँगै विश्वका अन्य केही मुलुकहरूमा एकसाथ रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad