केही दिनअघि डान्सर तथा अभिनेत्री कविता नेपालीले ८ हजारभन्दा अग्ला दुइ हिमाल चढिन्। उनले गत आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरिन्।
एकदिनको अन्तरमा दुई अग्ला चुचुरा चढेसँगै उनको चर्चा भइसेको छ। यसैबीच कविताले तस्बिर राख्दै मर्मस्पर्शी स्टाट्स लेखेकी छिन्।
हिमाल आरोहण गरेपछि हराइरहेको आफूलाई फेला पारेको उनको भनाइ छ। ‘यो यात्रा केवल शिखरहरूको बारेमा मात्र थिएन, यो सपना देख्नेहरू, गर्नेहरू र सीमाहरू भन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि हो। सबैभन्दा महत्वपूर्ण कुरा मैले यसलाई जितिनँ, म यो जितभन्दा माथि थिएँ। म एक व्यक्तिको रूपमा हुर्किएँ। मैले सिकें र मैले आफ्नै टुक्राहरू फेला पारेँ, जुन कतै हराएको भन्ने मलाई थाहा थिएन,’उनले लेखेकी छिन्।
कविताले निर्मल पुर्जाको आरोही दल एलिट एक्सिपिडिसनमार्फत हिमाल आरोहण गरेकी हुन्। उनीसँगै एकदर्जन विदेशीले पनि आरोहण गरेका थिए।
डान्सिङ्ग रियालिटी शो ‘बुगी वुगी’ को विजेता बनेकी नेपालीले सयभन्दा बढी म्युजिक भिडिओ, वेव सिरिजमा काम गरि सकेकी छन्। उनको डेब्यु फिल्म ‘एक्लो’ प्रदर्शनको तयारीमा छ।
Shares

प्रतिक्रिया