बलिउड अभिनेता सुनील शेट्टीले परेश रावलले 'हेरा फेरी ३' छाड्ने निर्णयबाट आफू दुःखी भएको बताएका छन्।
'हेरा फेरी' र 'फिर हेरा फेरी' मा 'बाबुराव'को भूमिका निर्वाह गरेका अभिनेता परेश रावलले हालै 'हेरा फेरी ३' को हिस्सा नहुने घोषणा गरेका छन्।
दुवै फिल्ममा 'श्याम'को भूमिका निर्वाह गरेका सुनिल शेट्टीले रावलको निर्णयप्रति प्रतिक्रिया दिएका छन्।
सुनील शेट्टी आजकल आफ्नो फिल्म 'केसरी वीर: द लेजेन्ड अफ सोमनाथ'को प्रचारमा छन्।
फिल्म प्रमोसन कार्यक्रमका क्रममा सुनील शेट्टीलाई 'हेरा फेरी ३' र परेश रावलको यसबाट अलग भएको बारेमा प्रश्न गरिएको थियो।
जवाफमा शेट्टीले भने, "म दु:खी छु, तर मलाई विश्वास छ- सबै ठिकठाक हुनेछ... यदि फिल्म बनेन भने पनि म परेश र अक्षय (कुमार) बीच कुनै शत्रुता चाहन्नँ।"
483
Shares

प्रतिक्रिया