गीतकार एवं नेपाल सरकारका सहसचिव डा. भीष्मकुमार भूसालका नयाँ दुई गीत ल्याएका छन्। आफ्नो जन्मदिन एवं गणतन्त्र दिवसको अवसरमा उनले गीतको नयाँ शृंखला सार्वजनिक गरेका हुन्।
उनको रचनाका ‘वाचा’ ‘यो प्रण’, ‘अब उठ जाग’ ‘उड्ने चरी’ पछि पाचौं शृंखला ‘स्वर्ग यहीं लुकेको छ’ र छैठौं शृंखला ‘थरिथरि पात झरे’ थपिएका हुन्।
गैरे सुरेशको संगीत रहेको ‘स्वर्ग यहीँ लुकेको छ’ बोलको जागरण गीतमा स्वरूपराज आचार्य, रूपा गुरुङ, अन्जली राई र रमिला मगरले स्वर दिएका छन्।
गीतले नेपाल बनाउने देवदूत अरु कोही हैन, हामी प्रत्येक नेपाली हौं भन्ने वास्तविकतालाई स्वीकार गरेर राष्ट्र निर्माणमा सबैजना जुट्न प्रेरणा दिने बताइएको छ।
त्यस्तै रामकृष्ण ढकालको स्वर रहेको र बीबी अनुरागीको एरेन्जमा उत्तम पौडेलले संगीत गरेको ‘थरिथरि पात झरे’ बोलको गीतले वृद्धावस्थामा हुने मनोदशा प्रस्तुत गर्ने बताइएको छ।
यसले ज्येष्ठ नागरिकहरूलाई दुःखी हुन नदिन उनीहरूलाई साथ दिनुपर्ने गहन सन्देश प्रवाह गरेको छ।
Shares

प्रतिक्रिया