अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेतले पहिलोपटक एकसाथ म्युजिक भिडिओमा अभिनय गरेका छन्।
श्रीमान श्रीमती रहेका उनीहरुले ‘फिक्का फिक्का’बोलको गीतमा अभिनय गरेका हुन्। सार्वजनिक गीतमा समीक्षा अधिकारी र आमेश भण्डारीको स्वर सुन्न सकिन्छ।
यस गीतको शब्द रचना तथा संगीत गायक भण्डारीले गरेका हुन् भने म्युजिक एरेन्ज विश्व अधिकारीको छ। प्रेमिल भावमा बगेको यो गीतका शब्दमा सलोन र करिश्माको जोडीलाई अभिनय गराइएको हो। उनीहरुको जोडी यो गीतको भिडिओमा सुहाएको देखिन्छ।
गीतको शब्दमा आमेशले सलोन र करिश्माका लागि लेखिदिएको आभास हुन्छ। यसअघि आमेशले सलोन र करिश्माको सिनेमा ‘रंगी’मा गाएका थिए। यस पटक भने उनले ‘फिक्का फिक्का’बोलको गीतमा सहकार्य गरेका छन्। जुन गीतको भिडियो निकै सुन्दर बनेको देखिन्छ।
यस गीतको भिडिओलाई कोरियोग्राफी दावा बल तामाङले गरेका छन् भने निर्देशन कविराज गहतराजले गरेका छन्।
सौरभ लामाको टिमले खिचेको यो भिडिओमाको सम्पादन दिनसन शाहले गरेका छन्। यो गीतको भिडिओ गायिका समिक्षा अधिकारी कै युट्युब च्यानलबाट हेर्न सकिन्छ।
Shares

प्रतिक्रिया