दर्शकले बलिउडको कमेडी फिल्म ‘हाउसफुल ५’को उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।
यो फिल्मको ट्रेलर र गीतले दर्शकको उत्साह थप गरिदिएको छ। जुन फिल्म आउँदो जुन ६ बाट रिलिज हुँदैछ।
रिलिज हुनुभन्दा अगाडि नै फिल्मको अग्रिम बुकिङ सुरु भइसकेको छ, जसले फ्यानहरूको उत्साहलाई अझ बढाएको छ। स्याकानिल्कको रिपोर्ट अनुसार, पहिलो दिन २४,२३८ टिकट बिक्री भएको थियो। जसबाट ८७।८४ लाख भारतीय रुपैयाँ कमाएको छ।
ब्लक सिटहरू सहित यो संख्या ३.८४ करोड भारु पुगेको छ। फ्यानहरूको यो क्रेजले फिल्मको लोकप्रियता देखाउँछ। कोइमोईका यस फिल्मको बजेट ३७५ करोड भारु छ।
यो पहिलो बलिउड फिल्म हो जुन दुई फरक संस्करण (५ए र ५बी) मा रिलिज हुनेछ। दुवै संस्करणको क्लाइमेक्स फरक हुनेछ, जसले दर्शकहरूलाई नयाँ अनुभव दिनेछ। फिल्मको बारेमा साजिदले भनेका थिए कि दर्शकहरूले थिएटरमा धेरै फरक अनुभव पाउनेछन्।
साजिद नाडियाडवालाले निर्माण गरेको यो चलचित्रलाई तरुण मनसुखानीले निर्देशन गरेका हुन्। ‘हाउसफुल ५’ मा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, श्रेयस तलपदे, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, चंकी पाण्डे, जोनी लिभर र निकितिन धीर मुख्य भूमिकामा छन्।
यसबाहेक, ज्याकलिन फर्नान्डेज, नरगिस फाखरी, सोनम बाजवा, चित्रांगदा सिंह र सौंदर्या शर्मा जस्ता अभिनेत्रीहरू पनि फिल्मको हिस्सा हुन्।
Shares

प्रतिक्रिया