बलिउड अभिनेता रणवीर कपुरले विगत १८ वर्षदेखि बलिउड सिनेमामा राज गर्दै आएका छन्। चाहे रोमान्टिक होस् वा एक्सन फिल्म, आफ्ना बुबा ऋषि कपूर र हजुरबुबा राज कपूर जस्तै उनले हरेक पात्रमा प्राण भर्छन्।
तिनै रणवीर पहिलोपटक पौराणिक फिल्ममा काम गर्न लागेका छन्। उनी पहिलोपटक ठूलो पर्दामा भगवान रामको भूमिकामा देखिनेछन्।
‘रामायण’ रणवीरले मुख्य भूमिका निर्वाह गर्ने घोषणा भएदेखि नै दर्शक उनलाई ठूलो पर्दामा फरक अवतारमा हेर्न उत्सुक छन्।
रणबीर कपूरले आफ्नो बहुप्रतिक्षित फिल्म रामायणको तयारीमा कुनै कसर बाँकी राखेका छैनन्। भगवान रामको छविलाई ठूलो पर्दामा उजागर गर्न उनले आफ्नो लुक पूर्ण रूपमा परिवर्तन गरेका छन्। हालै, उनी नयाँ लुक्समा देखिएका छन्।
बिहीबार साँझ रणवीर मुम्बईमा देखिए। उनले सेतो स्नीकर र खैरो रंगको चश्मासहितको जैतुन हरियो रंगको टीशर्ट र पाइन्ट लगाएका थिए। जसमा उनी धेरै सुन्दर देखिन्थे। उनको दुबलो शरीर र क्लिन शेभ लुक्सले दर्शकमाझ कौतहलता पैदा गरेको छ।
फ्यानहरूको नजर रणवीरको दुब्लो शरीरमा अड्किएको छ। रणवीर कपुरको लुक्स सामाजिक सञ्जालमा भाइरल हुने बित्तिकै मानिसहरूले आफ्नो प्रतिक्रिया दिन थालेका छन्।
नितेश तिवारीको आगामी फिल्म ‘रामायण’ मा रणबीर कपुर भगवान रामको भूमिकामा देखिनेछन्। दुई भागमा बनाइने रामायणको पहिलो भाग अर्को वर्षको दिवालीमा रिलिज हुनेछ। र, दोस्रो भाग २०२७ को दिवालीमा हलमा लाग्नेछ। यसबाहेक उनी सन्दीप रेड्डी वांगाको आगामी फिल्म ‘एनिमल पार्क’ मा पनि देखिने छन्।
Shares

प्रतिक्रिया