कला


मञ्चमा अफताब आलमको भेषमा देखिए प्रभात लामा

मञ्चमा अफताब आलमको भेषमा देखिए प्रभात लामा

नेपालखबर
जेठ २८, २०८२ बुधबार १६:४१, काठमाडौँ

कमेडियन प्रभात लामाले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमको चरित्रमा देखिएका छन्। लामा ‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो एपिसोडमा आलमको क्यारेक्टरमा देखा परेका हुन्। 

मंगलबार प्रसारित एपिसोडमा लामाले आलममै बोल्नेशैली र हाउभाउ पछ्याए। ‘सर्वसाधारण भएको भए खुलेयाम हत्कडी देखाएर ल्याइन्थ्यो। एउटा माननीय पर्नुभयो, हत्कडी लुकाएर ल्याइएको छ’ उनलाई बोलाउँदा उद्घोष गरिएको थियो। त्यसपछि दर्शकदीर्घाबाट ताली बजेको थियो। 

लामाले आलमकै ‘ठटठट ठट ठट्टा गर्नुहुन्छ’ भन्ने थेगोको ठ्याक्कै नक्कल गरे। साथै उनले आलममाथि लागेका इँटाभट्टामा ज्युँदै मान्छे जलाएको र वकिललाई गरगरहना दिएको विषयमा व्यंग्य गरे। उनले व्यङ्ग्य गरेको देखेर हलमा हाँसो र तालीको वर्षा भएको थियो। 

कार्यक्रमका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा तोसिमा कार्की, सुमना श्रेष्ठ, निशा डाँगी र असिम साहलगायत अतिथि बनेर आएका थिए। प्रभात लामाको अभिनय र व्यङ्ग्यबाट मज्जाले हासेका थिए। उनीहरू बेलाबेलामा टाउको हल्लाउँदै उनको प्रस्तुतिमा समर्थन जनाइरहेका थिए।

लामाले काठमाडौँका पूर्वमेयर केशव स्थापित, महावीर पुन, अभिनेता राजेन्द्र खड्गी र राजेश हमालको पनि क्यारिकेचर गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad