कला


‘पञ्चायत’ को चौथो सिजन कहिले हुँदैछ ओटीटीमा रिलिज?

‘पञ्चायत’ को चौथो सिजन कहिले हुँदैछ ओटीटीमा रिलिज?

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १६:११, काठमाडौँ

बहुप्रतिक्षित भारतीय श्रृंखला ‘पञ्चायत’ सिजन ४ चाँडै नै ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुँदैछ। निर्माताहरूले सिजन ४ को ट्रेलर रिलिज गरेका छन्, जसले फेरि एक पटक फ्यानहरूको उत्सुकता बढाएको छ। 

सार्वजनिक ट्रेलरमा हरेक पुराना पात्रहरू देखिएका छन्। नयाँ सिजनको ट्रेलरमा फुलेरा गाउँमा नयाँ प्रधानको लागि मञ्जु देवी (नीना गुप्ता) र क्रान्ति देवी (सुनीता राजवार) बीच कसरी चुनावी लडाइँ चलिरहेको छ भनेर देखाइएको छ। दुवैले आफ्ना मतदाताहरूलाई आकर्षित गर्न सबै तरिकाहरू अपनाएको देखिन्छ। साथै, पुराना अनुहारहरूको आपसी झगडा पनि देखिन्छ। ‘पञ्चायत’ को ट्रेलरलाई दर्शकहरूले धेरै माया गरिरहेका छन्। 

पञ्चायत एक हास्य नाटक श्रृंखला हो, जुन द भाइरल फिभर फेम दीपक कुमार मिश्राले निर्देशन गरेका हुन्। चन्दन कुमारले फिल्मको कथा लेखेका हुन्। यस कार्यक्रमको पहिलो सिजन २०२० मा कोभिडको समयमा रिलिज भएको थियो। यो कार्यक्रमले दर्शकबाट यति धेरै माया पायो कि अहिलेसम्म यसका तीन सिजन रिलिज भइसकेका छन्। 

प्रत्येक सिजनले दर्शकलाई समान रूपमा मनोरञ्जन दिएको छ। पञ्चायत सिजन-४ पहिले जुलाई २ मा रिलिज हुने तालिका थियो, तर अब यो निर्धारित समयभन्दा एक हप्ता अगाडि रिलिज हुँदैछ। यो सिरिज जुन २४ बाट भारत र विश्वका २४० भन्दा बढी देशहरूमा रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad