कला


‘रियल टाइम बक्सअफिस’को औपचारिक घोषणा असार १६ मा

‘रियल टाइम बक्सअफिस’को औपचारिक घोषणा असार १६ मा

नेपालखबर
असार १, २०८२ आइतबार १२:४२, काठमाडौँ

असार १६ देखि चलचित्र विकास बोर्डले ‘रियल टाइम बक्सअफिस’को औपचारिक सुरुवात गर्ने भएको छ।

चलचित्र निर्माता संघको १८औँ वार्षिक साधारण सभामा बोल्दै बोर्ड अध्यक्ष दिनेश डीसीले ‘रियल टाइम बक्सअफिस’ औपचारिक रूपमा सुरु गर्न लागिएको जानकारी दिएका हुन्। 

त्यसो त ‘रियल टाइम बक्सअफिस’ अहिले नै छ। तर, असार १६ देखि यसको औपचारिक घोषणा गर्न लागिएको हो। 

मुलुकका १६५ भन्दा बढी हल बक्सअफिसमा जडान भइसकेको जानकारी पनि उनले दिए।

उनका अनुसार असार १६ देखि चलचित्र विकास बोर्डका सबै सेवा पनि अनलाइनमार्फत हुनेछन्।

त्यस्तै बोर्डले प्रदान गर्ने सेवा निर्माण इजाजत, सेन्सर सिफारिसलगायतका सेवा पनि अबदेखि अनलाइनबाटै दिइनेछ।

साधारणसभामा मुख्य अतिथि दिनेश डीसी तथा विशिष्ट अतिथि राजकुमार राई थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad