अमिताभ बच्चन, जया बच्चन र रेखाको सम्बन्ध बलिउडमा सधैं चर्चाको विषय बन्दै आएको छ। उनीहरूको त्रिकोणात्मक प्रेमले दशकौंदेखि फिल्म जगतको लागि चासोको विषय बन्छ।
यद्यपि यी तीन जनाले यो सम्बन्धलाई सार्वजनिक रूपमा कहिल्यै स्वीकार गरेनन्। तर, धेरै घटनाहरू थिए जसले यो नभनिएको कहानीलाई पृष्टि गर्छ।
यस्तै एउटा घटना थियो जब रेखा र अमिताभलाई सँगै देखेर जया बच्चनले आफ्नो आँसु थाम्न सकिनन्। जा २२ जनवरी १९८० को कुरा हो। जब धेरै ठूला स्टारहरू ऋषि कपुर र नीतु कपुरको विवाहमा उपस्थित थिए।
अमिताभ बच्चन पनि आफ्ना सह-कलाकार तथा मिल्ने साथी ऋषिको बिहेमा श्रीमती जयाको साथ उपस्थित भए। तर, सदाबहार अभिनेत्री रेखाले यस पार्टीमा सबैको ध्यान खिचेकी थिइन्। अमिताभसँग डेट गर्ने हल्ला चलिरहेका बेला रेखा बिहेमा उपस्थित भइन्, त्यो पनि सिन्दूर लगाएर।
सेतो साडी, रातो बिन्दी र सिन्दूर लगाएर रेखा पार्टीमा पुगिन्, जुन देखेर पार्टीमा उपस्थित सबै छक्क परे। यति मात्र होइन, सिने ब्लिट्जका अनुसार, नवविवाहित जोडीलाई बधाई दिएपछि उनी अमिताभकहाँ पनि गइन्। र, उनीसँग कुराकानी पनि गरिन्।
रेखाले कपालमा सिन्दूर लगाएको र अमिताभ बच्चनसँग कुरा गरिरहेको देखेर जया बच्चन काँपिन्। भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ जया आफूलाई शान्त पार्ने प्रयास गरिन्, तर अन्ततः उनी भक्कानिएर रोइन्। उनले आफ्नो टाउको निहुराएर आँसु पुछिन्।
त्यतिबेला सबैजना सोच्न बाध्य भएका थिए कि रेखाले विवाह गरिसकेकी हुन् कि होइनन्। तर, हिन्दुस्तान टाइम्सलाई दिइएको एक अन्तर्वार्तामा रेखाले स्पष्ट पारिन् कि उनी फिल्मको सुटिङबाट सिधै विवाहमा उपस्थित भएकी थिइन्। र, सिन्दूर निकाल्न बिर्सिएकी थिइन्। पछि सिन्दुर लगाउनु रेखाको लागि फेसन बन्यो।
Shares

प्रतिक्रिया