कला


निर्देशक सुदर्शन थापा र नायक प्रदीप खड्का १० वर्षपछि सहकार्यमा

निर्देशक सुदर्शन थापा र नायक प्रदीप खड्का १० वर्षपछि सहकार्यमा

नेपालखबर
असार ४, २०८२ बुधबार १२:७, काठमाडौँ

निर्देशक सुदर्शन थापा र प्रदीप खड्काले दशवर्षपछि एकसाथ काम गर्ने भएका छ्न्। थापाले प्रदीपलाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका हुन्। 

निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ। १० वर्षअघि ‘प्रेमगीत’ मा सहकार्य गरेका  थिए। उनीहरूबीच यो दोस्रो सहकार्य हुन लागेको हो। 

निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन। 

निर्देशक थापाले १० वर्षअघि फिल्म ‘प्रेम गीत’ मा प्रदीपसँगको सहकार्य सफल भएको सम्झिएका छन्। उनले त्यो समयमा प्रेम गीतले धेरै कलाकार तथा प्राविधिकहरू लाई करियरको उचाइमा पुर्‍याएको स्मरण गरे, त्यसमध्ये एक हुन् अहिलेका स्टार नायक प्रदीप खड्का हुन पनि ‘प्रेमगित’ लाई एउटा उदाहरणीय प्रेमिल चलचित्र मान्न सकिन्छ। यो चलचित्र सबै वर्गका दर्शकहरूको मन जित्न सफल भएको थियो। 

चलचित्र ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो। यो चलचित्रले समाजको मूल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृतिअनुसार विवाहको महत्वलाई चलचित्रमा दर्शाउने छ, निर्देशक थापा भन्छन्। 

यो फिल्मका लागि अभिनेत्रीको भने अहिलेसम्म टुङ्गो लागेको छैन। चाँडै नै अभिनेत्रीलगायत सम्पूर्ण कलाकार तथा प्राविधिक टुंगो गरी छायांकनमा जाने तयारी गरिएको जानकारी प्राप्त भएको छ। निर्देशक थापाको प्रेमकथामा आधारित सफल निर्देशकीय चलचित्र हरू ‘मेरो एउटा साथी छ’, ‘प्रेमगित’ ‘म यस्तो गीत गाउँछु’ आदि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad