कला


डेब्यु फिल्म ‘बाटुलो जून’मा अनमोलको जोडी बन्दै चर्चित टिकटकर प्रिन्सी

डेब्यु फिल्म ‘बाटुलो जून’मा अनमोलको जोडी बन्दै चर्चित टिकटकर प्रिन्सी

नेपालखबर
असार ४, २०८२ बुधबार १४:२३, काठमाडौँ

फिल्म ‘बाटुलो जून’मा चर्चित टिकटकर तथा मोडल प्रिन्सी खतिवडाले फिल्ममा अनुबन्ध भएकी छन्।

अनमोल केसीको मुख्य भूमिकामा बन्ने फिल्ममा उनले डेब्यु गर्ने पक्का भएको हो।

यस फिल्ममा उनी अनमोलको जोडीका रूपमा देखिनेछिन्।

अडिसनबाट प्रिन्सीलाई निर्माणपक्षले अनमोलको जोडीका रूपमा छनोट गरेको हो।

केही दिनअघि अनुबन्धित प्रिन्सी यतिखेर वर्कसपमा व्यस्त छिन्।

दुई चरणमा छायांकन हुने फिल्मको पहिलो चरणको सुटिङ अर्को सातादेखि चित्लाङबाट सुरु हुनेछ।

दोस्रो चरणको छायांकन मनसुनपछि सुरु हुनेछ।

जिया केसीको लगानीमा बन्ने फिल्मलाई भुवन केसीले निर्देशन गर्नेछन्।

यस फिल्ममा पहिलोपटक अनमोल गाउँले भूमिकामा देखिँदै छन्।

२० लाख बजेट भनिएको यो फिल्म अनमोलको करिअरकै सस्तो फिल्म भएको समेत बताइएको छ।

प्रिन्सी र उनकी बहिनी प्रिज्मा खतिवडा टिकटक भिडियोमार्फत चर्चामा आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad