आज शुक्रबार नेपाली सिनेमाहलमा ३ विदेशी फिल्म प्रदर्शन भएका छन्। हलिउड फिल्महरु ‘एलियो’ र ‘२८ इयर्स लेटर्स’ सहित भारतीय फिल्म ‘कुबेरा’ प्रदर्शनमा आएको हो।
स्वदेशी फिल्म रिलिज नहुँदा प्रदर्शनरत फिल्म ‘महाभोज’ लाई फाइदन हुनसक्छ।
हलिउड फिल्म ‘एलियो’ कमेडी, एड्भेन्चर जनरामा बनेको हो। डिज्नीको यो एनिमेटेड फिल्ममा चर्चित हलिउड स्टारहरूले आवाज दिएका छन्।
त्यसैगरी, हरर थ्रीलर फिल्म ‘२८ इयर्स लेटर्स’ मा ज्याक ओनेल, राल्फ फिएनेस, आरोन टेलर जोनसन मुख्य भूमिकामा छन्।
दक्षिण भारतीय फिल्म ‘कुबेरा’ पनि रिलिज भएको छ। यस फिल्ममा धनुष र नागार्जुना, रश्मिका मन्दाना लगायतको अभिनय रहेको छ।
यद्यपि, आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’ भने नेपालमा रिलिज हुनसकेन।
भारतीय निर्माताले महंगो वितरण शुल्क मागेगरेपछि यो फिल्म नेपाली वितरकले भित्र्याउन नसकिएको स्रोतले जनाएको छ।
Shares

प्रतिक्रिया