कला


‘सितारे जमिन पर’को प्रिमियरमा सँगै देखिए तीन खान, गौरीले आमिरको हात समातेर दिइन् पोज

‘सितारे जमिन पर’को प्रिमियरमा सँगै देखिए तीन खान, गौरीले आमिरको हात समातेर दिइन् पोज

नेपालखबर
असार ६, २०८२ शुक्रबार १३:३६, काठमाडौँ

आजदेखि बलिउड फिल्म ‘सितारे जमिन पर’ प्रदर्शनमा आएको छ।

रिलिज हुनुभन्दा अघि बिहीबार मुम्बईमा सेलिब्रेटीहरूका लागि विशेष स्क्रिनिङ गरिएको थियो। जसमा बलिउड उद्योगका धेरै ठूला स्टारहरू उपस्थित थिए।

यस क्रममा आमिरलाई समर्थन गर्न शाहरुख खान र सलमान खान पुगेका थिए।

प्रिमियरमा सलमानले आमिर खानलाई अँगालो हालेर मिडियासँग भने, ‘म अन्तर्वार्ता दिइरहेको छु र तपाईंहरूले लिनुहुन्न। मैले भनेँ कि यो धेरै राम्रो फिल्म हो, म यो फिल्म गर्न चाहन्छु। त्यसपछि आमिरले फोन गरेर भने कि मैले यो पहिले नै गरिसकेको छु।’

शाहरुख र सलमानसहित प्रिमियर शोमा आमिरकी प्रेमिका गौरी स्प्रेट पनि आएकी थिइन्।

उनले आमिरको हात समातेर मिडियासामु तस्बिर खिचाइन्।

सितारे जमिन पर २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो।

फिल्ममा आमिर खान र जेनेलिया डिसुजा मुख्य भूमिकामा छन्।

आमिर खानको होम प्रोडक्सनको यो फिल्म आर.एस. प्रसन्नाद्ले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad