अन्तत: आमिर खान स्टारर बलिउठ फिल्म ‘सितारे जमीन पर’ रिलिज भएको छ। यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको छ।
यो फिल्म नेपालमा आउने निश्चित भइसकेको एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक विपश्यना श्रेष्ठले जानकारी दिइन्।
‘फिल्म नेपालमा आउने निश्चित भइसकेको छ। तर, अहिले हामी सेन्सर पास गर्ने लगायतको प्रोसेसमा छौं। बेलुकासम्म रिलिजको टुंगो लाग्छ’उनले भनिन्।
सेन्सर लगायतका प्रक्रिया तय हुने वित्तिकै प्रदर्शन मिति घोषणा गर्ने एप्पलको तयारी छ। यसअघि फिल्मको राइट महंगो भनेको भन्दै वितरकले नेपाल ल्याएका थिएनन्। आमिरको बहुप्रतीक्षित फिल्म नेपाल नआउँदा दर्शकले निराशा व्यक्त गरिरहेका थिए भने वितरक र हललाई ल्याउन दबाब दिइरहेका थिए।
यस फिल्मले भारतमा राम्रो व्यापार गरिरहेको छ। शुक्रबारबाट रिलिज भएको यस फिल्मले ६६ करोड रुपैयाँ कमाइसकेको छ। यो फिल्म २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो। फिल्ममा आमिर खान र जेनेलिया डिसुजा मुख्य भूमिकामा छन्।
आमिर खानको होम प्रोडक्सनको यो फिल्म आरएस प्रसन्नले निर्देशन गरेका हुन्।
Shares

प्रतिक्रिया