गायक एकदेव लिम्बुले बलिउड गायिका नेहा कक्करसँगको सहकार्यमा आफ्नो चर्चित गीत ‘झिमझिमाउने आँखा’ को हिन्दी भर्सन ल्याउँदैछन्। यसैबीच, हिन्दी संस्करणको गीत ‘झिम झिम’को टिजर भिडिओ गरिएको छ।
टिजरमा हिन्दी र नेपाली गीतको मिश्रण छ। नेहाले हिन्दीमा गाएकी छन् भने एकदेवले नेपाली संस्करण ‘झिमझिमाउने आँखा’लाई नेपालीमै गाएका छन्।
हिन्दी र नेपालीको ‘म्यासअप’ ले गीत मिठो सुनिएको छ। गीतको भिडिओमा ऋत्भिक साहोर र प्रिया प्रकाश वारिअर फिचर्ड छन्। गीतको पूरा भिडिओ जुन २७ मा सार्वजनिक हुनेछ।
‘झिमझिमाउने आँखा’ लिम्बुको ग्लोबल हिट गीत हो। जुन गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको थियो।
129
Shares

प्रतिक्रिया