साइकोलोजिकल थ्रिलर जनरामा बनेको फिल्म ‘द ब्ल्यु लाइट’को सुटिङ सकिएको छ।
जेठ २२ देखि काठमाडौँ उपत्यकाभित्रका विभिन्न स्थानमा छायाकंन गरिएको चलचित्र २५ दिनमा पूरा भएको हो।
‘द ब्ल्यु लाइट’का निर्देशक बलिराम चौहान हुन्।
प्रतीक्षित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानको यो डेब्यु निर्देशन हो।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यस फिल्मको मुख्य भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन्।
बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।
‘द ब्ल्यु लाइट’को को-प्रोड्युसर रमन ग्रे रहनेछन्।
कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्।
चलचित्रको छायांकन मैनालीले नै गरेका हुन्।
आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन्।
Shares

प्रतिक्रिया