कला


‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक

‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक

नेपालखबर
असार १३, २०८२ शुक्रबार १६:२, काठमाडौँ

असार २७ गतेबाट प्रदर्शन हुने फिल्म ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्वलाई देखाउन खोजिएको छ।

यस फिल्ममा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार, देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ। निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा चलचित्र निर्माण गरेको बताए।

चलचित्रका निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो चलचित्र हरेक नेपालीले हेर्नु पर्ने बनेको सुनाए। यस्तै विजय बरालले फरक चलचित्र भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको बताए। विल्सन विक्रम राईले मैले फिल्मको कथामा मिल्ने गीत समेत लेखेको र यो कथा नजिक बाट देखेकोले चलचित्र उत्कृस्ट बनेको सुनाए।

चलचित्रकी नायिका आयुषा समाल आफुले बिदेशमा बसेर पनि नेपाली भाषा सिक्न र जोगाउन लागेको बताए।

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान ९रोशन० ले निर्माण गरेका हुन्।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ। सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ।

दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ। चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad